काठमाडौँ – डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै कम्पनीले आगामी आसार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् ।
दुवै एक भएपछि अब डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहनेछ ।
प्रतिक्रिया