सूर्योदय वोमि लघुवित्तको संस्थापक शेय बिक्रीमा

मंगलबार, १६ जेठ २०८०, ११ : १५

काठमाडौं - सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको १ लाख ८ हजार कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य २३७ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता र अधिकतम माथि उल्लेखित सम्पुर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

शेयर खरिदका लागि यही जेठ २३ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको काठमाण्डौको ट्रेड टावर नेपालमा कार्यालयमा आवेदन पेस गर्न सकिनेछ ।

मंगलबार, १६ जेठ २०८०, ११ : १५

प्रतिक्रिया