लिलाम  बिक्रीमा राखिएको एक कम्पनीको सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

बुधबार, १७ जेठ २०८०, १० : ४५

काठमाडौँ- लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको सेयरमा बोलपत्र पेस गर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ।

गत जेठ ३ गतेबाट प्राइम बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। 

बुधबार, १७ जेठ २०८०, १० : ४५

प्रतिक्रिया