नेको इन्स्योरेन्स २८ औं वर्षमा प्रवेश

बुधबार, १७ जेठ २०८०, ११ : ३०

काठमाडौं-  २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ ।

 २८ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल प्रविधिमैत्री र छरितो दावी भुक्तानीमा जोड दिने जनाएको छ ।

कम्पनीले २८ औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै समय सापेक्ष बीमा सेवा प्रवाहमा जोड दिएको छ ।सामाजिक उत्तरदायित्व बहन गर्दै जाने र बीमा सेवालाई अझै सरल, प्रविधिमैत्री बनाइने नेको इन्स्योरेन्स कम्पनीले जनाएको छ।

सुरुमा प्रमोटर शेयर लगानीकर्ताको तीन करोडबाट सुरु भएको कम्पनी अहिले २ अर्ब १ करोड रुपैयाँ छ । २०५१ सालमा कम्पनी दर्ता गरी दुई वर्ष बीमा समितिबाट अनुमति पाएको थियो । नेको इन्स्योरेन्समा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक तथा व्यवसायी समुहको लगानी छ ।

नेपाली बीमा क्षेत्रमा अब्बल बीमा कम्पनीको पहिचान बनाउन सफल नेको इन्स्योरेन्स व्यवसायमा पनि अब्बल रह्दै आएको छ।

बुधबार, १७ जेठ २०८०, ११ : ३०

प्रतिक्रिया