बैशाख मसान्तसम्मा जीवन बीमा कम्पनीहरुले  कति बीमाशुल्क आर्जन गरे ?

बुधबार, १७ जेठ २०८०, ११ : ३९

काठमाडौं- चालु आर्थिक बर्षको बैशाख मसान्तसम्मा जीवन बीमा कम्पनीहरुले १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्मा १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

सदाझै यस त्रैमासमा पनि नेपाल लाइफ नै बीमाशुल्क आर्जनमा अग्रस्थानमा रहेको छ। कम्पनीले एक्लैले यसअवधिसम्ममा २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्मा १४ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १२ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।सरकारी स्वामित्वमा रहेको कम्पनी चौथौ स्थानमा उक्लिन सफल भएको छ ।भने मर्जरपछि सूर्य ज्योति अग्रस्थामाटप ५ मा आएको देखिन्छ ।

बुधबार, १७ जेठ २०८०, ११ : ३९

प्रतिक्रिया