सेबोनद्धारा सामुदायिक र विपिडब्लु लघुवित्तबीचको मर्जरलाई  पूर्व स्वीकृति प्रदान

बुधबार, १७ जेठ २०८०, १३ : ०८

काठमाडौं-  नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ ।

यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा जेठ ३ गतेको पत्रानुसार सेबोनले दुबै संस्थालाई एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जान पूर्व स्वीकृति दिएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सेबोनले सामुदायिक र विपिडब्लु लघुवित्तलाई पूर्र्व स्वीकृति प्रदान गरेको हो ।

बुधबार, १७ जेठ २०८०, १३ : ०८

प्रतिक्रिया