युनाइटेड अजोड इन्स्योरेन्सको सचिवमामा उपाध्याय नियुक्त

बुधबार, १७ जेठ २०८०, १७ : १५

काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकआपसमा गाभिई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार भएपश्चात् कम्पनीको सचिवमा उपाध्याय नियुक्त भएका हुन् ।

कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी उपाध्यायलाई दिने निर्णय गरेको हो ।

सो बैठकबाट कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम कम्पनीको सचिव पदको लागि योग्यता भएका साविक अजोड इन्स्योरेन्स लिमिटेडका कानून विभाग प्रमुख उपाध्यायलाई युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा चयन गरेको हो ।

बुधबार, १७ जेठ २०८०, १७ : १५

प्रतिक्रिया