कामना बैंक र प्रारम्भ स्कुलबीच सम्झौता

विहीबार, १८ जेठ २०८०, १८ : ०८

काठमाडौँ - कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुल बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकले १२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास रहेको छ  । 


 
 

विहीबार, १८ जेठ २०८०, १८ : ०८

प्रतिक्रिया