प्रभु इन्सुरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

शनिबार, २० जेठ २०८०, ०७ : ४५

काठमाडौं - प्रभु इन्सुरेन्सले ६.७०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले फागुन ११ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । फागुन ११ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । 

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको फागुन २३ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ६.७०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

शनिबार, २० जेठ २०८०, ०७ : ४५

प्रतिक्रिया