संघीय संसदका दुवै सदनमा आजदेखि बजेट छलफल सुरु

आइतबार, २१ जेठ २०८०, १० : २४

काठमाडौँ- संघीय संसदका दुवै सदनमा आज आइतबारदेखि आगामी आर्थिक वर्ष २०८०–८१को बजेटबारे छलफल सुरु हुँदैछ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रियसभा बैठक १ बजेदेखि सुरु हुँदैछ।

बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गर्ने छन्। त्यसपछि बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्ने सम्भावित कार्यसूची छ।

संसदमा ४ दिनसम्म बजेटमाथि छलफल हुनेछ। यही जेठ २५ गते अर्थमन्त्री महतले जबाफ दिएपछि बजेट पारित गर्ने योजना छ।

अर्थमन्त्री महतले गत जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।

 

आइतबार, २१ जेठ २०८०, १० : २४

प्रतिक्रिया