मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

सोमबार, २२ जेठ २०८०, १६ : ३७

काठमाडौँ - केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक अपिल गरेको हो । 

 नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नेगर्छ । सोही व्यवस्था बमोजिम आर्थिक वर्षको सुरु तिर बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने छ ।

 बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना रायसुझावहरु बैंकको आर्थिक अनुसन्धान विभागको तोकिएको ठेगानामा असार १० गते भित्र पठाइसक्न बैंकले अनुरोध गरेको हो । 

सोमबार, २२ जेठ २०८०, १६ : ३७

प्रतिक्रिया