सरकारद्धारा खाद्य स्वच्छताका लागि अपनाउनुपर्ने अभ्यासहरुलाई ध्यानमा राख्न अपिल

१ बर्ष अगाडि

काठमाडौँ- विश्व खाद्य स्वच्छता दिवसका अवसरमा सरकारले खाद्य स्वच्छताका लागि अपनाउनुपर्ने अभ्यासहरुलाई ध्यानमा राख्न अपिल गरेको छ। 

स्वास्थ्य मन्त्रालयले घरमा खाना बनाउँदा वा खाद्य व्यवसायहरु जस्तै रेस्टुरेन्ट तथा फुटपाथका स्टलहरु सञ्चालन गर्दा खाद्य स्वच्छताका अपनाउनुपर्ने अभ्यासहरुबारे जानकारी गराउँदै यस्तो अपिल गरेको हो। 

यस्ता छन् खाद्य स्वच्छताका लागि अपनाउनुपर्ने ५ अभ्यासहरु

आफ्ना हातहरु, भान्छा र भाँडाकुँडाहरु सधैँ सफा तथा स्वच्छ राख्ने ।
संक्रमण सर्नबाट बचाउनका लागि पकाएको खाद्यपदार्थलाई नपकाएको खाद्यपदार्थबाट अलग राख्ने।
खाद्यपदार्थलाई कम्तीमा ७० डिग्री सेल्सियससम्मको तापक्रममा राम्ररी पकाउने।
छिट्टै बिग्रिन सक्ने खानेकुरा तथा पकाएर सेलाएको खानेकुराहरु फ्रिजमा राख्ने र खानु अघि तताउने। 
खानयोग्य पानी तथा सुरक्षित कच्चा खाद्यपदार्थमात्र प्रयोग गर्ने ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया