नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारणसभा असार १५ गते, बोनस पश्चात १२८१ करोड पुँजी

१० महिना अगाडि

काठमाडौँ - नेपाल पुनर्बीमा कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १५ गते शुक्रबार अमृतभोग ब्याक्वेटमा सभा गर्न लागेको हो । यो आर्थिक वर्ष ७८/७९ को सभा हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुंजीको ४.७५  प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी १२ अर्ब ८१ करोड पुग्ने छ । 

कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

साधारण प्रस्ताव

१. आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. कम्पनीको चुक्ता पूँजी रु. १२,२३,२५,००,०००/- (बाह्र अर्व तेइस करोड पच्चीस लाख) को ०.२५ ( शुन्य दशमलव दुई पाँच) प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा टि.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, लालदरबार, काठमाण्डोलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।

५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न दुईजना सञ्चालकको निर्वाचन गर्ने ।


विशेष प्रस्तावहरू :

१. कम्पनीको चुक्ता पूँजी रु. १२,२३,२५,००,०००/- (बाह्र अर्व तेइस करोड पच्चीस लाख) को ४.७५ (चार दशमलव सात पाँच) प्रतिशतका दरले हुन आउने रु.५८,१०,४३,७५०/- (अन्ठाउन्न करोड दश लाख त्रिचालीस हजार सात सय पचास) बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने । बोनश शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.१२,८१,३५,४३,७५०/- (बाह्र अर्ब एकासी करोड पैंतीस लाख त्रिचालीस हजार सात सय पचास) कायम हुने हुँदा सोही अनुसार प्रबन्धपत्रको दफा ६(२) र ६ (३) संशोधन गर्ने ।

२. कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने ।

३. कम्पनीको प्रबन्धपत्र / नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

१० महिना अगाडि

प्रतिक्रिया