काठमाडौं – धादिङ्ग थाक्रेका रामेश्वरराज पाण्डे न्यायको लागि भौंतारिदै अहिले संघीय राजधानी काठमाडौंमा आएका छन् । मालपोत अधिकृत रामकृष्ण तामाङ्ग र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको मिलेमतोमा आफूलाई दुःख दिने काम भएको पाण्डेले आजको अर्थलाई बताएका छन् ।
तत्कालीन थाक्रे गाउँ पञ्चायतले टुंग्याइदिएको दोहोरो स्वामित्वलाई धादिङ्ग जिल्ला अदालत, तत्कालीन वागमति अञ्चल अदालत र तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले पनि सदर गरिदिएको थियो । मिति २०४६/०६/०५ मा क्षेत्रीय अदालतले अन्तिम फैसला गरेको थियो । तर हुँदै नभएका व्यत्तिलाई कीर्ते कागजात तयार गरी मोही कायम गराएर आफ्नो जग्गा हडप्न खोजेको पाण्डेले बताएका छन् । अदालतको फैसलाकै मानहानी गरेर पालिका अध्यक्ष र मालपोत अधिकृतको बदमासीलाई रोक्न पाण्डेले अख्तियारमा मिति २०७९/१२/२१ मा उजुरी पनि दिए । अख्तियारले दर्ता नं. c-045925मा दर्ता पनि गर्यो । तर अख्तियारले कारबाही अगाडि बढाएन । अख्तियार अनुसन्धान आयोगका सहप्रवक्ता देवी प्रसाद थपलियाले सम्बन्धित व्यक्तिले आफ्नो निवदेन उपर किन कारबाही भएन भनेर खिति रुपमा कारण मागे आयोगले उपलब्ध गराउने बताए । तर पीडित पाण्डेको भने यसो हुनुमा मुद्धालाई राजनीतिकरण गरिएको आरोप छ । यस सम्बन्धमा बुझ्न खोज्दा धादिङ्गका मालपोत अधिकृत रामकृष्ण तामाङ्गसँग पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । मालपोतले पाण्डेलाई जग्गा बाँडफाँडका लागि हाजिर हुन ताकेता गरिरहेको छ । अदालतले अन्तिम फैसला गरिसकेको विषयमा मालपोतले गरिरहेको कार्यप्रति पीडित पाण्डे आश्चर्यचकित छन् । उनले मालपोत अधिकृतले रामकुमार आचार्यसित मिलेर आफूमाथि ज्यादती गरेको र अदालतको फैसलाको मानहानी समेत गरेको बताएका छन् ।


.
प्रतिक्रिया