भ्रमण शीर्षकमा कति रकम बाहिरियो ?

१० महिना अगाडि

काठमाडौँ - चालु आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमै १ खर्ब रुपैयाँ बढी बाहिरिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन १ देखि वैशाख मसान्तसम्म विदेश भ्रमणमा कूल १ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको हो । 

 अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्ष भ्रमण शीर्षकमा ३५.३ प्रतिशतले वृद्धि भएको हो । 

 यसै अवधिमा सेवा आय (आम्दानी) तर्फ ५१ अर्ब ८८ करोड रुपैयाँ आयात भएकोमा ५७ अर्ब ७४ करोड रुपैयाँ घाटा लागेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा सेवा आय ७७ अर्ब १८ करोडले घाटामा गएको थियो ।

 शिक्षामा मात्र ७५ अर्ब बाहिरियो 
  
कूल खर्च मध्ये वैदेशिक शिक्षा (एब्रोड) मा मात्र ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा विभिन्न देशमा पढ्न जानेहरुबाट यस्तो रकम बाहिरिएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७५ अर्ब७३ करोड रहेकोमा शिक्षातर्फको व्यय ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष शिक्षातर्फको खर्च ४६.५ प्रतिशतले वृद्धि भएको हो । 

१० महिना अगाडि

प्रतिक्रिया