प्रभु र महालक्ष्मी लाइफलाई मर्जरको अन्तिम स्वीकृति प्रदान

मंगलबार, ३० जेठ २०८०, ११ : ५०

काठमाडौं-  नेपाल बीमा प्राधिकरणबाट प्रभु र महालक्ष्मी लाइफलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ ।दुई कम्पनीको जेठ २६ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।कम्पनी रजिष्टारको कार्यालय र धितोपत्र बोर्डबाट अनुमति पाएपश्चाचत् मर्जरको अन्तिम तयारी थाल्ने तयारी रहेको मर्जर कसिटिका एक संचालकले बताएका छन् ।

असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरेको बाँकि बिषयमा अन्तिम छलफल भने भईनसकेको ती संचालकले बीमापोष्टलाई बताएका छन् ।मर्जर पश्चात् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने उनले जानकारी दिएका छन् ।

कम्पनीले मर्जर पश्चात् आफूलाइै थप मजबुत बनाउन सातै प्रदेशका लागि कर्मचारी समेत माग गरिसकेका छन् ।

 

मंगलबार, ३० जेठ २०८०, ११ : ५०

प्रतिक्रिया