सुगठन तथा फिटनेस महासंघको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

मंगलबार, ३० जेठ २०८०, १२ : ५७

काठमाडौं-  नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । आइतवार बसेको महासंघको पहिलो साधारण सभाले श्रेष्ठलाई महासंघको अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्वीकृत विधान बमोजिम राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनित गर्नुका साथै ७ जना सदस्य मनोनयन गरेको छ । मनोनित हुनेमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राई रहेका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन् ।

महासंघको सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन् ।

 

मंगलबार, ३० जेठ २०८०, १२ : ५७

प्रतिक्रिया