राष्ट्रिय बीमा कम्पनीको साधारण सभा सम्पन्न

बुधबार, ३१ जेठ २०८०, १५ : २८

काठमाडौं-  राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ६ आर्थिक वर्षको साधारण सभा एक साथ सम्पन्न भएको छ ।

 कम्पनीको साधारण सभा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा अमृतभोज क्याटर्स प्रालिमा आज (बुधबार) सम्पन्न भएको हो ।

सभाले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८/६९, २०६९/७० र २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०/७१, २०७१/७२ र आव २०७२/७३ गरी जम्मा ६ वर्षको वित्तीय विवरण पारित गरेको छ ।

साथै, सभाले संचालक समितिको तर्फबाट पेश गरेको बीमा कम्पनी साविकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०/७१, २०७१/७२ र आव २०७२/७३ गरी जम्मा ६ वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साथै राष्ट्रिय बीमा कम्पनी ९साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग०को आव २०६८/६९ २०६९/७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०/७१, २०७१।७२ र आव २०७२/७३ गरी जम्मा ६ वर्षको लेखापपरीक्षकको प्रतिवेदन सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै सो सभाले महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९देखि २०७२/७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, संचालकहरुको आव २०७२।७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना संचालक चयनको लागि निर्वाचन गर्ने साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना संचालक चयनको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

धितोपत्र दोस्रो बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै रहेको छ । सरकारी स्वामित्वको निर्जीवन बीमा व्यवसाय गर्ने उक्त कम्पनीको धितोपत्र दोस्रो बजारमा १२ हजार ७ सय रुपैया शेयरमूल्य रहेको छ ।

बुधबार, ३१ जेठ २०८०, १५ : २८

प्रतिक्रिया