कालिका लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

विहीबार, ३२ जेठ २०८०, ०८ : ०१

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्थाको ५ लाख ९४ हजार ४६३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई १९ % बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

विहीबार, ३२ जेठ २०८०, ०८ : ०१

प्रतिक्रिया