आज सर्वाधिक कारोबार गर्ने र गुमाउने कम्पनीहरु

विहीबार, ३२ जेठ २०८०, १५ : २१

काठमाडौँ - कारोबारको अन्तिम दिन नेप्से ५ अंकले बढेर २०४२.०७ मा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ।
आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, नेपाल लाइफ , आइजीआई प्रुडेन्सियल, हिमालयन डिष्टिलरी, नेशनल हाईड्रोपावार, सूर्या ज्योति लाइफ, अपर तामाकोशी, नेपाल बैंक र चिलिमेको शेयरमा लगानीकर्ता झुम्मिएको देखिएको छ ।

 


  शेयर बजार झिनो अंकले बढेतापनि केही कम्पनीहरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ । आज भुगोल इनर्जि डेभलपमेन्टको शेयरमूल्यमा ५.८६ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, आज मल्टीप्रोपोज फाइनान्स कम्पनी, मिरमिरे लघुवित्त, साधना लघुवित्त, एनएमबि माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

विहीबार, ३२ जेठ २०८०, १५ : २१

प्रतिक्रिया