यि दुई कम्पनीबिचको एकीकृत कारोवार आज बाट सुरु

आइतबार, ०३ असार २०८०, १० : ५३

काठमाडौं-  डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोवार सुरु भएको छ ।

 कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वाशु प्रसाद उपाध्याय र शुसन कर्माचार्यले प्राप्ती संवन्धी कार्यको अनुभव सुनाएका थिए ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य सहित संस्थाको एकीकृत कारोवार पछिको अवस्थाको बारेमा जानकारी गराएका थिए।

सुरुवातमा ८१ लाख २० हजार चुक्ता पुँजीबाट शुरु भएको संस्थाको एकीकृत कारोवार पश्चात् चुक्ता पुँजी १ अर्व ५५ करोड १० लाख पुगेको छ । अव संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ । २ लाख ५९ हजार ९५५ सदस्यहरुको ८ अर्व ८२ करोड ८८ लाख बचत समेत लगानीमा रहिरहेको र साँवा १९ अर्व ५६ करोड ५१ लाख पुगेको छ ।

आइतबार, ०३ असार २०८०, १० : ५३

प्रतिक्रिया