‘कुलिङ पिरियड ख गर्दै बीमा प्राधिकरण

मंगलबार, ०५ असार २०८०, १४ : १४

काठमाडौं-  नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई पनि ‘कुलिङ पिरियड’ लागू गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले सम्पूर्ण जीवन बबीमा कम्पनीहरुलाई पत्र पठाउदै अभिकर्ताहरुलाई कुलिङ पिरियड लागू गराउने जानकारी दिएको छ ।

नेपाल बीमा प्राधिरणले बीमा अभिकर्ताहरुसँग छलफल नै नगरि बीमकलाई कुलिङ पिरियट लागू गर्ने समयको सुझाव मागेको हो । यसअघि बीमा नियमावली बनाउदा पनि बीमा अभिकर्तासँग छलफल नै नगरि अर्थमन्त्रालय ड्राफट पुराएको भन्दै फिर्ता ल्याउन समेत माग गर्दै आएको छ। प्राधिकरणले भने संसोधन गर्ने बुँदा अर्थमन्त्रालयमा पुराउने आश्वासन दिएको छ।

नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा ९५ को उपदफा २ बमोजिम “कुनै बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले आफ्नो इजाजतपत्र खारेज गर्न प्राधिकरण समक्ष लिखित रुपमा निवेदन दिएमा प्राधिकरणले जाँचवुझ गरी त्यस्तो इजाजतपत्र तोकिए बमोजिम खारेज गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ।

प्राधिकरणले लागू गर्न लागेको यस्तो व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा आफनो इजाजतपत्र खारेज गर्न निवेदन दिएका वीमा अभिकता ९मध्यस्थकर्ता० को इजाजतपत्र खारेजी गर्ने सम्बन्धमा नीतिगत व्यवस्था गरी व्यवस्थित गर्न बीमकसँग भएको सम्बन्धमा, अभिकर्ता दर्ता भएको मितिले क्रमशः ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष, ३ वर्ष अथवा अन्य के हुन सक्छ रु
पत्रमा भएको सुझाव पत्र प्राप्त भएको मितिले ७ ९सात० दिन भित्र उपलब्ध गराउन समेत आग्रह गरेको छ।

मंगलबार, ०५ असार २०८०, १४ : १४

प्रतिक्रिया