सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती

सोमबार, ११ असार २०८०, १० : ४८

काठमाडौं –  पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।

सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले
कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू  ३९,८९,०४,३५० र पुँजीगततर्फ रु। १८,१७,६६,०००र(  छुट्याइएको छ ।

गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । उपाध्यक्ष गोमा शर्मा ९ रेग्मी ०ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् ।


सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ(आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् ।
 
सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र  शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड   विनियोजन गर्दै  विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

 

 

सोमबार, ११ असार २०८०, १० : ४८

प्रतिक्रिया