आज सर्वाधिक कारोबार गर्ने र गुमाउने कम्पनीहरु

सोमबार, ११ असार २०८०, १५ : २१

काठमाडौँ - कारोबारको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्लरी, आइजीआई पु्रडेन्सियल, नेपाल लाइफ, नागरिक लगानी कोष, सूर्या ज्योति लाइफ, एभरेष्ट बैंक , एशियन लाइफ र एनआईसी एशियाको सर्वाधिक कारोबार भएको छ।

शेयर बजार झिनो अंकले बढेतापनि सुपरमादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ६।९४ प्रतिशतले सर्वाधिक घटेर ४४० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सोमबार विन नेपाल लघुवित्त, मोलुङ हाइड्रोपावर, कालिन्चोक दर्शन लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लगायत अन्य कम्पनीहरुले घटेको छ ।

सोमबार, ११ असार २०८०, १५ : २१

प्रतिक्रिया