काठमाडौं – प्रिमियम मूल्यमा घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ)मा आवेदन दिएका लगानीकर्ताको चार अर्ब ६१ करोड रुपैयाँ होल्ड भएको छ ।
कम्पनीले ३२ जेठदेखि आवेदन खुला गरेको थियो । सेयरमा आवेदन दिएका लगानीकर्ताको रकम त्यतिवेलादेखि नै १५ दिनसम्म होल्ड भएर बसिरहँदा पनि नेपाल धितोपत्र बोर्डले कुनै चासो दिएको छैन ।
तर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले पैसा फिर्ता लिन चाहेको खण्डमा बोर्डमा निवेदन दिएपछि प्रक्रिया मिलाएर रकम फिर्ता गर्न सकिने बताए । उनले भने, ‘लगानीकर्ताहरूले भरेको रकम कम्पनीसँग पुगेको छैन, अहिले बैंकले रोकेको मात्र छ ।
घोराही सिमेन्टले पनि विज्ञप्ति जारी गरेर फर्जी आवेदन नगरेको दाबी गरेको थियो । कम्पनीको रेटिङ विशिष्ट वैज्ञानिक तरिकाले हुने भएकाले यसमा कम्पनीको कुनै पनि कैफियत नभएको बताएको थियो । कम्पनीको सेयरमा गत ४ असारमा १२ जनाले ४३ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले फर्जी आवेदन परेपछि धितोपत्र बोर्डको त्यसैदिन नेपाल क्लियरिङ लिमिटेड– सिडिएसीले बोर्डको निर्देशनमा आइपिओमा आवेदन रद्द गरिएको थियो ।
कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपिओ निष्कासन गरेको थियो । यसले एक सय अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपिओ खुला गरेको थियो ।
प्रतिक्रिया