हिमालयन लाइफको लिडरशिप समिट सम्पन्न

शुक्रबार, १५ असार २०८०, १३ : ०७

काठमाडौँ - हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुको लिडरशिप समिट कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरु प्रशिक्षित भएका छन् ।

काठमाडौंको कोटेश्वरस्थित ए वन क्याफे एण्ड होटलमा आयोजित भव्य कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कणर्ले बागमति प्रदेशबाट उपस्थित एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरेका थिए ।

प्राइम लाइफ, गुराँस लाइफ तथा युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अहिले देशव्यापी रुपमा अभिकर्ताहरुलाई तालिम तथा सम्मेलनमार्फत नयाँ कम्पनीको बारेमा प्रचार प्रसार, तालिम तथा उत्प्रेरणामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

शुक्रबार, १५ असार २०८०, १३ : ०७

प्रतिक्रिया