ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

शुक्रबार, १५ असार २०८०, १६ : २३

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

बैंकले ‘सिटिजन्स बैंक बोन्ड–२०८०’ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्र्दै निवेदन दिएको हो। 

धितोपत्र बोर्डले अनुमति दिएमा सिटिजन्स बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। जसमा बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणमा जारी गर्नेछ। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। 

सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। 

शुक्रबार, १५ असार २०८०, १६ : २३

प्रतिक्रिया