सूर्यज्योति लाइफको ब्याज छुट कहिलेसम्म ?

आइतबार, १७ असार २०८०, १६ : २०

काठमाडौँ - सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनर्जागरण गर्दा असार २४ गतेसम्म ब्याज छुट गर्ने भएको छ ।

कम्पनीले यहि असार ७ गतेदेखि २४ गतेभित्र बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो । कम्पनीले ब्याज छुटको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन अनुरोध गरेको छ ।

व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट बीमा अवघि भरि एक पटक मात्र बीमितले छुट प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

आइतबार, १७ असार २०८०, १६ : २०

प्रतिक्रिया