काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज असार २० गते बुधबार बस्दैछ । कम्पनीको १० औं र ११ औं वार्षिक साधारण सभा आज बस्न लागेको हो । सभा, प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । यस्तै, सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले असार ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असार ५ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया