थप एक स्थानमा शाखा कार्यालय स्थानान्तरण गर्दै  नबिल बैंक

बुधबार, २० असार २०८०, ११ : ४६

काठमाडौं-  नबिल बैंक लिमिटेडको भक्तपुर स्थित कौशलटार शाखा स्थानान्तरण हुने भएको छ ।

बैैंकको शाखा कार्यालय हालको स्थानबाट करीब २०० मिटरको दुरीमा स्थानान्तरण हुने भएको छ । स्थानान्तरण पछि नयाँ परिसरबाट असार २४ गतेदेखि कार्य सञ्चालन हुने बैंकले जनाएको छ ।

स्थानान्तरण गर्दा शाखाको लकरमा ग्राहकहरुको टुटफुट हुने सामान भएमा लकर सार्नु अगावै असार २१ गतेसम्म सामान निकाल्न ग्राहकवर्गलाई अनुरोध गरेको छ ।

अन्यथा लकर सार्दा ग्राहकको सामानहरुमा भएको क्षतिमा बैंक जिम्मेबार नहुने समेत जनाएको छ ।

बुधबार, २० असार २०८०, ११ : ४६

प्रतिक्रिया