कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन बितरण

विहीबार, २१ असार २०८०, १० : ३३

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ ।

मिति २०८० साल अषाढ २० गते बुधबारको दिन बैंकले आफ्नो शाखा कार्यालय पद्सरि मार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं–०९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको छ ।

बैंकका शाखा प्रमुख श्री रोश्नी घिमिरे ले विद्यालयका प्रधानाध्यापक श्री युवराज उपाध्याय लाई उक्त डस्टबिन हस्तान्तरण गर्नु भएको थियो । सो वितरण कार्यक्रममा विद्यालयका तर्फबाट विद्यार्थीहरु, शिक्षकहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

विहीबार, २१ असार २०८०, १० : ३३

प्रतिक्रिया