नेपाल बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता

विहीबार, २१ असार २०८०, १७ : ५६

काठमाडौँ - नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपाल बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकर्स संघ र बीमक संघबीच बैंकिङ तथा बीमा सम्बन्धी तथ्य तथ्याङ्क तथा सूचनाहरू आदान प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 बिहीबार थापाथली स्थित बैकर्स संघको कार्यालयमा भएको सम्झौतामा बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

 सम्झौता अनुसार बैंक तथा बीमा क्षेत्र बीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरू, सूचना तथा  जानकारीहरू आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरूमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्परिक लाभका विषयहरूको पहिचान गरी अघि बढ्ने लक्ष तय भएको छ ।  

 

विहीबार, २१ असार २०८०, १७ : ५६

प्रतिक्रिया