केन्द्रीय बैंकले दियो सार्वजनिक विदाको दिन पनि काउन्टर खुला राख्न अनुरोध

शुक्रबार, २२ असार २०८०, १६ : ४३

काठमाडौँ - सरकारी खर्चको भुक्तानी जारी राख्न सार्वजनिक विदाको दिन पनि काउन्टर खुला राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन गरेको छ ।

राष्ट्र बैंकले असार २३ गते शनिबार, २४ गते आइतबार र महिनाको अन्तिम शनिबार असार ३० गते समेत बैंक काउन्टर खुला राख्न निर्देशन गरेको हो । 

 आर्थिक वर्षको अन्तमा भुक्तानी तथा हिसाबकिताब खाता क्लोज गर्नुपर्ने भएकाले सहजताका लागि सार्वजनिक विदाको दिन पनि राति ८ बजेसम्म काउन्टर खुला राखेर कारोबार गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो । 
नेपाल सरकार, अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतिय रकम ट्रान्सफर ९ईएफटी० को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि यस्तो निर्देशन गरिएको बैंकले जनाएको छ । 

 महालेखा  नियन्त्रकको कार्यालयले सरकारी भूक्तानीका लागि असार २४ गते राति १२ बजेसम्मका लागि समय तोकिदिएको छ ।

शुक्रबार, २२ असार २०८०, १६ : ४३

प्रतिक्रिया