सरकारले तोक्यो धानको समर्थन मूल्य

बुधबार, २७ असार २०८०, ०८ : ३४

काठमाडौं - सरकारले धानको समर्थन मूल्य तोकेको छ । सिंहदरबारमा  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मूल्य तोकेको हो ।

निर्णय अनुसार मोटा धानको प्रतिक्वीन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

बुधबार, २७ असार २०८०, ०८ : ३४

प्रतिक्रिया