उपभोक्ता जागरणले बुझायो सरकारलाई यस्तो ज्ञापनपत्र

शुक्रबार, २९ असार २०८०, ११ : २९

काठमाडौँ- उपप्रधानमन्त्रीलाई उपभोक्ता जागरण अभियान – नेपालले ज्ञापनपत्र बुझाएको छ।

 ज्ञापनपत्रमा निम्न बिसयहरु समेटिएका छन।
 १. उपभोक्ताको सार्वभौम अधिकारको संरक्षणका लागि  नीतिगत सुधार गरेर बजार नियन्त्रण गर्ने,

२. तरकारी र फलफूलको आयातमा विषादीको अवशेष परिक्षणमा सरकार कठोर हुने

 ३. सबै स्थानीय तहले विषादीको अवशेष परीक्षण गर्ने ब्यवस्था अनिवार्य गर्ने

४. उपभोक्ता शिक्षालाई प्राथमिकतामा राखेरजागरुक  उपभोक्ता र जिम्मेवार बिक्रेता अभियान ७५३ पालिकाका ६७४३ वडामा संचालन गर्ने

 ५.उपभोक्ताको गुनासो सम्बोधन गर्न ७५३ पालिकामा संक्षिप्त कार्यविधि सहितको न्यायीक निकाय स्थापना गरियोस् 

६.स्वच्छ बजारको आधार सुशासन भएकाले बिचौलियालाई निरुत्साहित गर्ने नीति अख्तियार गरियोस् 

७.विधिसम्मत वस्तुगत नियमन गरेर बजारलाई स्वच्छ तुल्याउन  केन्द्रीय , प्रदेश र स्थानीय बजार अनुगमन समितिको कार्यक्षेत्र किटान गरियो ,

 ८. मुख्यसचिवको संयोजकत्वमा गठित केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिलाई सक्रिय तुल्याइयोस,

९. साधन , स्रोत र जनशक्ति सहितको उपभोक्ता संरक्षण बिभाग गठन गरियोस् 

१०. निजी विद्यालायको फाराम शुल्क , भर्ना  शुल्क ,ट्युसन  फी र अन्य शुल्क मिटर ब्याजीको भन्दा महगो भएकाले नियमन गरियोस् 

११.उपभोक्ता संस्थाहरुको नियम  गरियोस् । अधिकारकर्मीको आचारसंहिता  लागु गरियोस् ।भारत र सार्क मुलुकका उपभोक्ता संस्थाको अध्ययन गरी एकमात्र संस्था कायम गरियोस् ।

१२.अड्डा अदालतले दिने सेवामा सुशासन कायम गरियोस् ।

शुक्रबार, २९ असार २०८०, ११ : २९

प्रतिक्रिया