काठमाडौँ- सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने ‘माउन्टेन स्पोर्टस कन्क्लेभ’ ले वृहत माउन्टेन स्पोर्टस गेम्स आयोजना गर्ने निणर्य लिएको हो । माउन्टेन स्पोर्टस कन्क्लेभ राष्ट्रिय खेलकुद परिषद् राखेप ९राखेप० को आयोजना तथा माउन्टेन स्पोर्टस फेडरेसनको सहकार्यमा भएको थियो । कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले माउन्टेन स्पोर्टस गेम्स आयोजनामा लागि नेपालको अवधारणा प्रस्तुत गरेका थिए ।
कन्क्लेभमा माउन्टेन स्पोर्टस गेम्सको प्रबर्द्धनका लागि विदेशी नियोग र दूतावासको भूमिका, माउन्टेन स्पोर्टस गेम्समा अन्तरसरकारी समन्वय, खेल इभेन्टबाट देशको ब्राण्डिङ तथा प्रदेशमा साहसीक र पर्यटकीय खेलकुदलगायतका विषयमा सरोकारवाला निकायबीच छलफल भएको थियो ।
सदस्यसचिव घिसिङले प्रस्तुत गरेको अवधारणामाथि पनि सहभागीहरुले छलफल गरेका थिए । कार्यक्रममा विदेशी नियोग तथा दुतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिवहरु, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्कोका प्रतिनिधि, पर्यटन तथा उद्यमी संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
माउन्टेन स्पोर्टस फेडरेसनका अध्यक्ष गोबिन्द भट्टराईले कन्क्लेभ अर्को वर्ष नेपालमा आयोजना गर्ने भनिएको माउन्टेन स्पोर्ट गेम्सको प्रस्थान बिन्दु भएको बताए । अध्यक्ष भट्टराईले सम्बन्धित राष्ट्रिय संघलाई ब्यवस्थित भएर प्रतियोगिताको तयारीमा अघि बढ्न सुझाव पनि दिए थिए ।
नभएमा काठमाडौँ महानगरवासीलाई प्राथमिकता दिइनेछ । बैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ ।
पेश गर्नुपर्ने सिफारिस
आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेश गर्नु पर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिफारिस प्राप्त गर्नुपर्छ । अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले बसोबास भएको स्थानीय तहको वडा कार्यालयबाट शिफारिस लिनुपर्छ ।
पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिंदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ । त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकता पेश गर्नुपर्छ । नागरिकता नभए जन्म दर्ताको प्रमाणपत्र पेश गर्नु पर्छ ।
घाइते वा अपाङ्गता भएका व्यक्तिले आवश्यक अन्य सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरा सहितको सिफारिस आवेदन साथ पेस गर्नु पर्छ ।
प्रवेश पत्र र परीक्षा
छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटन (प्रिन्ट एडमिट कार्ड बटन) मा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र सम्बन्धी व्यवस्था यसै कार्डमा उल्लेख हुनेछ ।
परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्याल्कुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट लगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् ।
परीक्षा सुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन । परीक्षाका लागि आवश्यक पर्ने कालो कलम (ब्लाक जेल पेन) विद्यार्थी आफैँले ल्याउनु पर्नेछ । आफूलाई सही लागेको उत्तर ओएमआर सिटभित्रको थोप्लो (बबल) मा पुरै पोत्नु पर्नेछ । लेखिसकेको उत्तर सच्याउन तथा टिपेक्स जस्ता करेक्टिङ मसीको प्रयोग गर्न पाइँदैन । सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अङ्क प्राप्त हुने छैन ।
परीक्षार्थी निर्धारित समयको २ घण्टा सकिएपछि मात्र परीक्षा हलबाट बाहिर जान पाउनेछन । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिन प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ ।
प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन ।
नतिजा प्रकाशन
परीक्षाको नतिजा प्रकाशनसँगै अनलाइन म्याचिङ्को मिति निश्चित गरिनेछ । योग्यता क्रमअनुसार अनलाइन म्याचिङ्मार्फत परीक्षार्थी आफैँको रोजाइ र प्राथमिकताअनुसार उम्मेदवारको योग्यता क्रममा विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।
प्रतिक्रिया