काठमाडौँ - कारोबारको पहिलो दिन आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ ।
आईतबार शेयर बजार सामान्य अंकले बढेसँगै शिवम सिमेन्टको शेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको १९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।आज हिमालयन लाइफ इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५०६ रुपैयाँका दरले १५ करोड रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज माउण्टेन इनर्जी नेपाल, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर कारोबार सर्वाधिक भएको छ ।

शेयर बजार सामान्य अंकले बढेतापनि लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ५.९६ प्रतिशत अर्थात १५ रुपैयाँले घटेर २४४ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मक्कर जितुमाया हाइड्रोपावर, मन्जुश्री फाइनान्सको डिभेन्चर, हिमालयन हाइड्रोपावर लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

प्रतिक्रिया