घट्यो सार्वजनिक यातायातको भाडा

सोमबार, ०१ साउन २०८०, १३ : ४७

काठमाडौँ - सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । आयल निगमले इन्धनको मूल्य घटाएपछि सरकारले यातायात भाडा पनि घटाएको हो ।

स्वचालित प्रणालीअनुसार निगमले इन्धनको मूल्य घटाएको थियो । त्यसपछि आजैबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ देखि ३.०९ प्रतिशत भाडा घटाएको छ । मालबाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत भाडा घटेको छ ।

सोमबार, ०१ साउन २०८०, १३ : ४७

प्रतिक्रिया