काठमाडौँ - देशकै सबैभन्दा पुरानो सामूदायिक अस्पतालको रुपमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौँको ठमेलमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पद तथा गोपनयिताको शपथ ग्रहण गराएका हुन् ।
मिति २०८० बैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित हुनु भएका कार्य समितिका पदाधिकारी र सदस्य तथा आजै बसेको सञ्चालक समितिले मनोनित गरेका थप दुई जना सञ्चालक तथा पदेन सदस्यसहित कूल १४ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । नव निर्वाचित पदाधिकारीहरुको पदावधी चार वर्षको हुनेछ ।
प्रतिक्रिया