कामना विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ मसिन जडान

सोमबार, ०८ साउन २०८०, ०८ : ४४

काठमाण्डौ-  कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै आफ्नो महिला कर्मचारीका साथै ग्राहकका लागि आफ्ना विभिन्न कार्यालयमा सेनिटरी प्याड भेन्डिङ मसिन जडान गरेको छ।

दिगो विकासको लक्ष्यअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित विभिन्न कार्यालयहरुमा समेत सो भेन्डिङ मसिन जडान गरेको हो। उक्त मसिन जडानपश्चात बैंकका महिला कर्मचारी तथा ग्राहकले रजश्वलाको बेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरी विभिन्न कार्यालयहरुमा जडान गरिएको छ।

बैंकले आफ्ना कार्यालयहरुलाई लैंगिकमैत्री बनाउने योजनाअनुरुप महिला कर्मचारी त्था ग्राहकको स्वास्थ्य सहजताका लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि पनि जनस्वास्थ्यको प्रवर्द्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमलगायतका अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको छ।

सोमबार, ०८ साउन २०८०, ०८ : ४४

प्रतिक्रिया