कान्तिपुरको मुख्यालयमै थन्कियो कान्तिपुर, आन्दोलनको बाढी आउँदै

सोमबार, ०८ साउन २०८०, ११ : २४

काठमाडौँ –  आफूलाई नेपालको हात्ती मिडिया दाबी गर्ने कान्तिपुर अहिले आफ्नै कारणले चौतर्फी आक्रमणमा परेको छ । उसले श्रमजीवी पत्रकारहरमाथि गर्दै आएको शोसणको कारण अहिले दिनहुँजसो आन्दोलन खेप्दै आएको छ । केही दिनदेखि श्रमजीवीहरुले कान्तिपुरका मालिक कैलाश सिरोहियाको बिरुद्ध समेत संघर्ष गर्दै आएका छन् । आन्दोलनकै कारण कान्तिपुरको बितरण समेत रोकिएको
 छ ।

उक्त पत्रिका कान्तिपुरको मुख्यालयमै थन्किएको छ । श्रमजीवीले भोको पेट कसरी बाँड्ने ?
"पेटभरि खाएपछि मात्र खबर जान्न मन लाग्छ।
यो कान्तिपुर नपढेर कोही सूचनाबाट बञ्चित हुँदैन।
सूचना र खबर त व्यापारिक कोणबाट बनाइन्छ " भन्ने जस्ता प्लेकार्ड बोकेर श्रमजीवीहरुले प्रदर्शन गरिरहेका
 छन् । 

सोमबार, ०८ साउन २०८०, ११ : २४

प्रतिक्रिया