सडकले नछोएको जग्गा धितोमा २० लाखसम्म कर्जा प्रवाह प्रक्रिया कस्तो रहन्छ ?

मंगलबार, ०९ साउन २०८०, ०८ : २८

काठमाडौं -  यस भन्दा अगाडि बैंक तथा वित्तीय संस्थाहरूले कारेवारका निमिक्त सडकले छोएको जग्गा हुनुपर्ने जस्ता माग गर्दै आएको भएपनि अबभने सडकले नछोएको जग्गासमेत धितोमा राखि  २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नुपर्ने भएको छ । तर, यस्तो कर्जा निजी वा व्यक्ति नभएर कृषि कर्जाका हकमा मात्रै लागुहुनेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानहरूको पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्थालाई निरन्तरता दिइएको जनाएको छ । योसँगै खाद्य उत्पादन, पशु पालन तथा माछा पालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्विकारी बैंकहरुले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने भएको छ । 


कर्जा नदिएको वा कुनै समस्या भए सेवाग्राहीले सिधै केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत राष्ट्र बैंक सबैमा सुसूचित गरेको छ । यस्तो कर्जा मागको फाइल सात कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 बैंक तथा वित्तीय संस्थाहरूले कर्जा जोखिमलाई हेरेर मोटर बाटोले छोएको जग्गालाई मात्र धितो राखेर कर्जा प्रदान गर्दा वास्तविक किसानहरू कृषि कर्जाबाट वञ्चित हुन परेको भन्दै विरोध भएपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेर राहत दिने प्रयस गर्दै आएको छ । 

मंगलबार, ०९ साउन २०८०, ०८ : २८

प्रतिक्रिया