वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) होटेलमा मृत फेला

मंगलबार, ०९ साउन २०८०, १२ : ०२

काठमाडौँ-  बागलुङको बडिगाड गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् । वरिष्ठ सई उज्ज्वल पौडेल होटलमा मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी ले आजको अर्थलाइ बताइन् ।

पर्दाको पासो लगाएको अवस्थामा बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पौडेल मृत भेटिएका हुन् । प्रहरीले अनुसन्धानका लागी होटल संचालिका र छोरालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

मृतक सई पर्वतका स्थानीय हुन् । उनका आफन्त घटनास्थलमा पुग्दै छन् । इलाका प्रहरी कार्यालय भिमगिठेबाट सो होटल १० किलोमिटर पर छ ।

घटना सोमबार राति साढे १२ बजे भएको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिब ७४ किलोमिटरको दुरीमा छ । 

मंगलबार, ०९ साउन २०८०, १२ : ०२

प्रतिक्रिया