बैङ्कहरूको निक्षेप झण्डै साढे ५६ खर्ब

मंगलबार, ०९ साउन २०८०, १२ : १५

काठमाडौँ-  बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार जुलाई २१ सम्ममा बैङ्कहरूको निक्षेपले झण्डै साढे ५६ खर्ब नाघेको हो । 

बैंकको ब्याजदर वृद्धिसँगै लगानी जोखिमले निक्षेपकर्ताहरु बचतमा केन्द्रित हुँदा बैङ्कहरूको निक्षेप बढ्न पुगेको हो । यस अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप ४९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थाहरूको निक्षेप ६ खर्ब ७४ अर्ब रुपैयाँ हाराहारी रहेको छ ।

यता बैङ्कहरूको कर्जा लगानी भने अनपेक्षित रूपमा खुम्चिन पुगेको छ । केन्द्रीय बैंकका अनुसार साउन ५ गते शुक्रबारसम्ममा ४८ खर्ब ५६ अर्ब रुपैयाँ रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । 

८३.१० प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुले यस अवधिमा ५ खर्ब बढी तरलता आफैसँग राखेको देखिन्छ । यसले बैंकमा पैसा थुप्रिने तर लगानी नहुँदा उत्पादन वृद्धि नहुने खतरा देखिएको छ । 

मंगलबार, ०९ साउन २०८०, १२ : १५

प्रतिक्रिया