स्कूल अफ मेडिकल साइन्सेजको डीनमा हुमागाईं चयन

मंगलबार, ०९ साउन २०८०, १६ : ०४

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईं नियुक्त भएका छन्। पनौती नगरपालिका–२, कुशादेवी निवासी प्राडा हुमागाईं मंगलबार डीनमा नियुक्त भएका हुन्।

यसअघि डा राजेन्द्र कोजु डीन थिए। उनले दुई कार्यकाल डीनका रुपमा जिम्मेवारी सम्हालेका हुन्। डा कोजुको कार्यकाल सोमबारबाट सकिएको हो। केयूमा दुई पटकभन्दा बढी एकै व्यक्ति डीन हुन नपाउने व्यवस्था रहेको छ।


नवनियुक्त डा हुमागाईं यसअघि एसोसिएट डीन थिए।

मंगलबार, ०९ साउन २०८०, १६ : ०४

प्रतिक्रिया