काठमाडौँ- सिटिजन्स बैंकले ऋण कर्जा चुक्ता भुक्तान गर्न ३५ (पैतिस) दिने सूचना जारी गरेको छ ।
उक्त सुचनामा भनिएको छ "तपसिलमा उल्लेखित ऋणीहरुले यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा कार्यालय, बनिगामा मोरङ्ग (साबिक सिर्जना फाईनान्स लि., शाखा कार्यलय, बनिगामा) बाट विभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिई उपभोग गरेको ऋणकर्जाको भुक्तानी सम्बन्धी सम्झौताका शर्त अनुसार तिर्न बुझाउन पर्ने साँवा, ब्याज आदि नियमानुसार लाग्ने रकम नतिरी नबुझाई बस्तु भएकोले कजा बापत तिर्न बुझाउन पर्ने सांवा तथा व्याज तिर्ने सम्बन्धमा मौखिक तथा लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत उक्त ऋण कर्जा रकमको सम्पूर्ण सांवा, व्याज तथा हर्जना रकम चुक्ता भुक्तान नगरी यस बैंक सँग भएको गुणकजा सम्बन्धी शर्त बन्देजहरु उल्लङ्घन गर्नु भएकोले यथाशीघ्र बैंकमा सम्पर्क गरी आफूले उपभोग गरेको ऋण कजां सुविधावापत बैंकलाई तिन बुझाउन पर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान गर्नुहुन यो ३५ (पैतिस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्रमा पनि ऋणकर्जा सुविधा वापत तिर्न बुझाउन पर्ने साँवा ब्याज र सो को हर्जना आदि सम्पूर्ण रकम चुक्ता भुक्तान नगरेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अन्तर्गत यस बैंकलाई कर्जा सुरक्षण बापत लेखिदिएको तपसिलमा उल्लेख भएको ूधितोमा रहेको चलरअचल सम्पत्ति लिलाम बिक्रीको सूचना प्रकाशित गरी लिलाम बिक्री वा अन्य कने व्यवस्था गरी बैंकले आफ्नो लेना रकम असुल गरीलिने र प्रचलित नियम वमोजिम कर्जा सूचना केन्द्र लिमिटेडमा कालोसूचीमा समावेश गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै तपसिलमा उल्लेखित जमानीकर्ताहरुले स्वयम् बैंकमा उपस्थित नई जमानत दिने कागज गरिदिनु भएको हुँदा यहां जमानी कर्ताहरुले पनि उपरोक्त व्यहोरा अवगत गरी सूचनाको म्यादभित्र बैकलाई तिर्न बुझाउन पर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान गर्नुहुन अनुरोध गरिन्छ । अन्यथा बैंकको लेना रकम असुल उपर गर्नुका साथै तहांलाई समेत कर्जा सूचमा केन्द्र लिमिटेडमा नियमानुसार कालोसूचीमा समावेश गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।"
प्रतिक्रिया