काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो।
जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड १५ लाख रुपैयाँ र फाइनान्समा २ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ। मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम आज राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
यसका लागि साउन ११ गते बेलुका ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आउँदो साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
प्रतिक्रिया