समाज लघुवित्त द्धारा वार्षिक साधारणसभा आव्हान

बुधबार, १० साउन २०८०, ११ : ४९

काठमाडौँ- समाज लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको हिजो (साउन ९ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। बैठकले बुक क्लोजको मिति पनि तय गरेको छ।

सभाले आर्थिक वर्षको २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४(२५ प्रतिशत बोनस सेयर र ०(७५ प्रतिशत नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले साउन २१ गतेदेखि साउन ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १८ गते ९साउन १९ गते शुक्रबार र साउन २० गते शनिबार०सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

 

बुधबार, १० साउन २०८०, ११ : ४९

प्रतिक्रिया