किन गर्दैछ बैंकहरुमा १८ करोड लगानी नागरिक स्टक डिलरले

९ महिना अगाडि

काठमाण्डौ- मार्केट मेकरका रुपमा स्थापित नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ। 

नागरिक स्टक डिलरले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा उक्त रकम लगानी गर्ने भएको हो।  इच्छुक बैंक तथा वित्तीय संस्थाले आफू लिन चाहेको रकम, प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरेर प्रस्ताव पेस गर्न कम्पनीले आज सूचना प्रकाशित गरी जानकारी गराएको छ।

यसका लागि कम्पनीले ७ दिनको समयावधि तोकेको छ।  इच्छुक बैंक तथा वित्तीय संस्थाले नागरिक स्टक डिलरको वेबसाइटमा गएर फाराम डाउन लोड गरी काठमाण्डौको नयाँबानेश्वरस्थित कार्यालयमा बुझाउन सक्नेछन्। 

९ महिना अगाडि

प्रतिक्रिया