हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जारी जरुरी सुचना

विहीबार, ११ साउन २०८०, १० : ४१

काठमाडौं-  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४।०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

कम्पनीका अनुसार नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्नुपर्ने छ ।

विहीबार, ११ साउन २०८०, १० : ४१

प्रतिक्रिया